
काठमाडौं । पोखरामा एटिएम मेसिन फोडेर पैसा चोर्न खोज्दा एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारत घर भई पोखरा बस्ने बबि ठाकुर रहेका छन् । प्रहरीले उनलाई पोखरा ८ सभागृहमा रहेको नविल बैंकको एटिएम फोड्न लाग्दा पक्राउ गरेको हो । मेसिनको ढोकाको लक खोलेर मेसिन फोड्न लाग्दा पक्राउ परेका हुन ।

उनको साथबाट रड, पेचकस, कपाल काट्ने कैंची लगायत बरामद भएको छ । उनलाई नियन्त्रणमा लिएर चोरी उद्योग मुद्धामा म्याद थप गरि अनुसन्धान सुरु भएको बैदाम प्रहरी प्रमुख डीएसपी राजेन्द्र श्रेष्ठले बताए ।