२०८१ जेष्ठ ३१ | dainikmandu@gmail.com | कम्पनि दर्ता नं. २९८३६४/०७९/०८० | Nepali Unicode
 BREAKING
कर्मचारीलाई प्रधानमन्त्रीले भने : हजुर, हस्, भइहाल्छले अब चल्दैन | मधेश सरकारको सांसदलाई पैसा बाड्ने निर्णयविरूद्ध सर्वोच्चको कारण देखाउ आदेश | सरकारमा बसेर काम गर्न नसके बाहिरिन्छौं : गृहमन्त्री लामिछाने | कारोबारसँगै बढ्यो सेयर बजार | वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा एक जना पक्राउ | गिरीबन्धुको जग्गा सरकारी होइन, भ्रममा नपर्न संचालकहरुको अपिल | जेनेभा पुगे राष्ट्रपति पौडेल | उपेन्द्र यादव जसपा नेपालको अध्यक्षमा निर्बिरोध निर्वाचित | सरकारी अस्पतालमा सामान्य अप्रेसन गर्न नौ महिनासम्म कुर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्र्छ : सांसद बर्तौला | क्यान नेतृत्वमाथि छानबिन गर्न आयोग गठन गर्नुपर्ने सांसद आचार्यको भनाई |

काठमाडौं । टिप्पर दुर्घटना हुँदा पाल्पामा एकजनाको मृत्यु भ​एको छ । भुटुकेबाट चुनढुंगा बोकेर नवलपुरको होङ्सी सिमेन्ट उद्योगतर्फ गइरहेको लु २ ख ५२९ नम्बरको टिप्पर पाल्पाको निस्दी गाउँपालिका–७ मोटेखर्कमा सडकको भित्तामा ठोक्किएर दुर्घटना भएको हो ।

मृत्यु हुनेमा पाल्पाको पूर्वखोला गाउँपालिका–२ जल्पा बस्ने १९ वर्षीया दिल कुमारी आले रहेको प्रहरीले जनाएको हो । टिप्परबाट हामफाल्ने क्रममा दिलकुमारीलाई टिपरको पांग्राले किच्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता एवम डिएसपी सुगन्ध श्रेष्ठले जानकारी दिए ।

दुर्घटनामा परी दुई जना घाइते भ​एका छन । घाइते हुनेमा दुर्घटनामा निस्दी गाउँपालिका–७ बस्ने २५ वर्षीया हिमाली आले, चालक मकवानपुरको मनहरी गाउँपालिका ९ बस्ने २६ वर्षीय अन्जन सुनार र सहचालक मकवानपुरको हेटौंडा–९ बस्ने २४ वर्षीय आशिष सुनार घाइते रहेका छ्न । घाइतेलाई उपचारका लागि नवलपुरतर्फ पठाइएको पाल्पा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।