
काठमाडौँ । धनुषा कि आरती साहको न्यायको माग गर्दै पीडित कि आमा , बुवा सहित परिवार जन १४६ दिन देखि धर्नामा छन । माइतीघरमा धर्नामा रहेका परिवारलाई साथ दिन आम जनता पार्टीका अध्यक्ष प्रभु साहले पनि ऐक्यबद्धता जनाएका छन् ।
आज दिउँसो काठमाडौँको माइतीघरमा आरती पीडित परिवारको जारी धर्नामा सहभागी भई अध्यक्ष साहले न्यायको लागि ऐक्यबद्धता जनाएका हुन् ।

उनले राज्यबाट पीडितलाई न्याय दिलाउन बेवास्ता भएकोमा खेद प्रकट गर्दै काठमाडौं जस्तो केन्द्रमा १४६ दिनसम्म न्याय नपाउनु दुर्भाग्यको विषय भएको प्रभु साहले जनाएका छन् ।