
बारा । बारा प्रहरीले पेस्तोल र १० राउण्ड गोलि सहित ५ जना लाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको सिम्रौनगढ नगरपालिका वडा नम्बर ११ भगवानपुर स्थित उपेन्द्र पटेलको घर बाट अबैध रुपमा हतियार लुकाई छिपाई राखेको अवस्थामा बरामद गरेको छ ।
पटेलले आफ्नो घरमा अबैध रुपमा हतियार लुकाई छिपाई राखेको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सिम्रौनगढ बाट विशेष प्रहरी टोली खटि गई घर खनतलासी गर्दा कालो रंगको पोलिथिन झोला भित्र सेतो कपडाले बेरी हतियार लुकाई छिपाई राखेको अवस्थामा बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रबक्ता प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले जानकारी दिएका छ्न ।

उनका अनुसार रिभाल्वर १ थान र गोली ७ थान त्यस्तै नलकटुवा पेस्तोल १ थान र १ थान गोली त्यस्तै के एफ १२ लेखिएको गोली, जंगी राउण्ड २ थान बरामद भएको छ ।
प्रहरीले हतियार सहित ५ जना लाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका वडा नम्बर ११ भगवानपुर बस्ने उपेन्द्र पटेल , सोहि वडाका धिरेन्द्र पटेल , रुपलाल पटेल, राजमंगल पटेल ,सोभा राउत रहेको न्यौपानेले बताए । उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।