२०८० मंसिर १६ | dainikmandu@gmail.com | कम्पनि दर्ता नं. २९८३६४/०७९/०८० | Nepali Unicode

काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबुक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई आज पक्राउ गरेको छ । पक्राउपर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौँमा बस्ने ३६ वर्षीय मनोज ‘मानव’ भन्ने मनोजकुमार महतो रहेका छन ।

प्रहरी उपरीक्षक पशुपतिकुमार रायका अनुसार सामाजिक सञ्जालमा तस्बिर तथा श्रव्यदृश्यको दुरुपयोग गरी चरित्रहत्या गर्ने उद्देश्यले क्याप्सन लेखी टिकटक र फेसबुकमा प्रकाशन तथा प्रसारण गरेको पीडित महिलाको निवेदनमाथि प्रारम्भिक अनुसन्धान तथा प्राविधिक विश्लेषणपछि महतोलाई पक्राउ गरिएको जनाइएको छ ।

महतोलाई विद्युतीय कारोबार ऐन अनुसार कसुरमा काठमाडौँबाट पक्राउ गरी जिल्ला अदालतको आदेशले सात दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक रायले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।