
काठमाडौं । पूर्वी नवलपरासीमा जिप दुर्घटना भएको छ ।
नवलपरासी(बर्दघाट सुस्तापूर्व)को देवचुली नगरपालिका-९ स्थित आइतबार दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएको प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले जानकारी दिइन् ।

देवचुली नगरपालिकाको गोरे घुम्तीमा आइतबार जिप दुर्घटना भएको प्रहरीले जनाएको छ ।