
काठमाडौं । लक्ष्मीपूजा गर्ने क्रममा आगलागी हुँदा भक्तपुरमा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मध्यपुरथिमि नगरपालिका-१ लोकन्थलीकी ८३ वर्षीया साबित्रीदेवी दाहाल रहेको प्रहरीले जनाएको छ ।

उनको आफ्नै घरमा पूजा गर्ने क्रममा आगलागी भई मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।