
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनी शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका लगाउनेछन्।
राष्ट्रपतिको स्वकीय सचिवालयका अनुसार राष्ट्रपति पौडेलले बुधबार बिहान १० बजेर ५१ मिनेटमा बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट टीका लगाउनेछन ।

यस वर्षको भाइटीकाको उत्तम साइत कात्तिक २९ गते बुधबार बिहान १० बजेर ५१ मिनेटका लागि तय गरिएको छ ।