
काठमाडौँ । बुधवार बिहानैदेखि रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिर खुल्ने भएको छ । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीया अर्थात भाइटिकाका दिन मात्र भक्तजनका लागि मन्दीर खुला गरिदै आएको छ ।
काठमाडौँ महानगर प्रहरी बलका प्रमुख एवं वरिष्ठ नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेका अनुसार मन्दिर वर्षमा एक दिन भाइटिकाका दिन मात्र खुल्ने भएकाले त्यसका लागि सबै तयारी गरिएको र भक्तजनले बिहानदेखि बेलुकीसम्म पूजा आराधना एवं दर्शन गर्न पाउने छ्न ।
