
गण्डकी । पोखरा महानगरपालिकाले फूलमेला तथा प्रदर्शनीमा नबिकेका फूलमालाका लागि प्रोत्साहनस्वरूप प्रतिमाला २० रुपैयाँ दिने भएको छ ।
स्थानीय उत्पादन प्रवर्द्धन कार्यक्रमअन्तर्गत महानगरले कार्तिक २५ देखि २८ गतेसम्म श्री कम्प्लेक्स परिसरमा सञ्चालित मेलामा नबिकेका फूलका लागि प्रोत्साहन रकम दिन लागेको महानगरले जनाएको छ ।

प्रदर्शनीमा मागभन्दा बढी आपूर्तिका साथै बाह्य क्षेत्रबाट पनि फूल आएको र विगतको तुलनामा माग कम हुँदा अपेक्षितरूपमा फूलमाला बिक्री हुन सकेको थिएन ।