
बारा । हिन्दुहरुको सबैभन्दा ठूलो पर्वको रुपमा रहेको छठ पर्वको तयारी शुरु भएको छ । मधेसका जिल्लाहरुमा छठको लागि आवश्यक पर्ने माटाको भाडा, बाँसको सामाग्रीहरू किन्ने चलन दुई साता अगाडी देखि नै शुरु भए पनि नदी, जलाशय तथा पोखरीहरूको सरसफाई गरेर सजाउने काम शुरु भएको छ ।
बारा जिल्लामा समेत विभिन्न सन्स्था तथा क्लबहरुले मिलेर छ्ठ घाट सरसफाईमा जुटेका छ्न । निक्कै कठोर व्रतको रुपमा रहने छठ पर्वमा निक्कै सामानहरूको जोहो गर्ने भएकाले यसको तयारीमा व्रती तथा निजका परिवार दुई साता अगाडी देखि नै जुट्ने गरेको पाइएको छ ।

प्रत्येक वर्ष छठ मनाउनेहरू वृद्धि भइरहेकाले यस पर्वका लागि आवश्यक पर्ने सामानको जोहो गर्न किनमेल गर्नेको बजारमा निकै भीड देखिन थालेको छ।