
बाँके । बाँकेमा धारिलो हतियार प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन । बाँकेको कोहलपुरमा आज बिहान अज्ञात व्यक्तिले धारिलो हतियार प्रहार गर्दा स्थानिय २८ वर्षीय मीनबहादुर विक घाइते भएको
प्रहरी नायब उपरीक्षक नारायण डाँगीले बताए ।
उनलाई घर नजिकै पछाडिबाट अज्ञात व्यक्तिले टाउको तथा शरीरका अन्य भागमा धारिलो हतियार प्रहार गरी घाइते बनाएका थिए ।

घाइते विकको नेपालगञ्जस्थित नर्सिङहोममा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक डाँगीले बताए । हतियार प्रहार गर्ने व्यक्तिको खोजी भइरहेको छ ।