
काठमाडौं । ४ देश सम्मिलित टि–२० सिरिजअन्तर्गत आजको खेलमा पनि नेपाल पराजित भएको छ। हङकङमा जारी खेलमा नेपाललाई हङकङले ९ विकेटले पराजित गरेको हो।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले १८ ओभर खेल्दै आफ्नो सबैको विकेट को क्षतिमा ५६ रन बनाएको हो । ५७ रनको लक्ष्य पछ्याएको हङकङले निर्धारित ओभरमध्ये जम्मा ९ ओभर खेल्दै १ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो।

पहिलो खेलमा नेपाल तान्जेनियासँग २७ रनले पराजित भएको थियो । चार देश सम्मिलित उक्त शृङ्खलामा आयोजक हङकङसँगै, नेपाल तान्जेनिया र जापान सहभागी छन् । प्रतियोगितामा शीर्ष दुई स्थानमा रहने टोलीले उपाधिका लागि खेल्नेछन् । अब नेपालले मङ्सिर २ गते जापानसँग खेल्नेछ ।