
काठमाडौँ । आइसिसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधिका लागि आज भारत र अष्ट्रेलिया भिड्दै छ्न ।
नेपाली समयअनुसार आज दिउँसो सवा २ बजे अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा फाइनल खेल सुरु हुनेछ।

२ पटक उपाधि जितिसकेको भारत यो चौंथो विश्वकप फाइनल खेल्दै छ भने ५ पटकको विजेता अष्ट्रेलियाले आठौं पटक विश्वकप फाइनल खेल्न लागेको हो ।