
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले पद्य्मोदय मोडबाट सिंहदरबार पश्चिम गेट, सर्वोच्च अदालत हुँदै माइतीघर मण्डलाबाट नयाँ बानेश्वर सम्म निषेधित क्षेत्र घोषणा गरेको छ ।
कार्यालयले आज प्रेस विज्ञप्ति जारी गर्दै ४ गतेदेखि ३० दिनसम्मका लागि पाँच जनाभन्दा बढी व्यक्ति भेला भई जुलुस, प्रदर्शन , विरोधका कार्यक्रम गर्न प्रशासनले निषेधात्मक आदेश जारी गरेको छ ।

एक वा सोभन्दा बढी समूहद्धारा एकै मिति, समय र स्थानमा भेला भई अनसन, धर्ना, घेराउ र विरोध प्रदर्शन जस्ता कार्यक्रम आयोजना गर्दा विभिन्न समूहबीच आपसी विवाद, झैझगडा, मुठभेड एवम् भिडन्त भई शान्ति सुरक्षा भङ्ग हुन सक्ने कारणले माइतीघर मण्डलाबाट बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा गरेको प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले बताए ।