२०८० मंसिर १६ | dainikmandu@gmail.com | कम्पनि दर्ता नं. २९८३६४/०७९/०८० | Nepali Unicode

काठमाडौं । काठमाडौं पछि ललितपुर प्रशासनले पनि निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले आज एक सुचना जारी गर्दै निषेधाज्ञा जारी गरेका हुन ।

उनले जारी गरेको सुचनामा लितपुर महानगरपालिका ३ पुल्चोकस्थित युएन हाउस र मन्त्री निवासको सुरक्षा संवेदनशिलतालाई ध्यानमा राखेर निषेधाज्ञा तोकिएको उल्लेख छ ।

आजैदेखि ६ महिनासम्मका लागि पाँचजना भन्दा बढी भेला हुन नपाइने, नारा जुलुस, प्रदर्शन र घेराउ, अनसन, सभाजस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरिएको प्रमुख जिल्ला अधिकारीले जारी गरेको आदेशमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।