
काठमाडौँ । दुर्गा प्रसाईविरुद्ध धनुषा प्रहरीमा जाहेरी परेको छ ।
उनले जनकपुरधाममा आयोजित एक कार्यक्रममा पुरानो राष्ट्रिय गान ‘श्रीमान गम्भीर नेपाली’ गान बजाएको भन्दै उनीमाथि जाहेरी परेको हो ।

राष्ट्रिय गानको अपमान गरेको भन्दै युवा संघ नेपालका धनुषा अध्यक्ष रोषणकुमार यादवले जाहेरी दिएका हुन । उजुरीमा, “मुलुकी अपराध संहिता २०७४ को दफा १५३ सम्बन्धी कसुर गरेको हुनाले निज विपक्षीलाई खोजतलाश गरी ऐ।ऐ। को दफा (२) को (१) बमोजिम हदैसम्म कैद तथा जरिबाना गरी पाउँ ।” उल्लेख छ ।