२०८० फाल्गुन १९ | dainikmandu@gmail.com | कम्पनि दर्ता नं. २९८३६४/०७९/०८० | Nepali Unicode

काठमाडौँ । महोत्तरीमा स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ परेका छ्न । सशस्त्र प्रहरी बल, नेपाल पोखरभिण्डाबाट खटेको प्रहरी टोलीले आठ लाख भन्दा बढी रकमसहित दुई जना पक्राउ परेका हुन ।

पक्राउ पर्नेमा होत्तरी सम्सी गाउँपालिका ३ का वर्ष २८ का रमेशकुमार साह र रामगोपालपुर नगरपालिका सहसौलाका ३२ वर्षीय अनिल चौधरी रहेका छ्न ।

भारतबाट नेपालतर्फ आउँदै गरेको मधेस प्रदेश ०२–००६प–१६२१ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा दुई जनाको साथ बाट श्रोत नखुलेको ८ लाख १० हजार ९२० रुपैयाँ बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ । बरामद रकमसहित पक्राउ गरिएको दुबैजनालाई आवश्यक कारबाहीको लागि जलेश्वर भन्सार कार्यालयमा बुझाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।