२०८० फाल्गुन ९ | dainikmandu@gmail.com | कम्पनि दर्ता नं. २९८३६४/०७९/०८० | Nepali Unicode

काठमाडौं । झापामा एक १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

प्रहरी करणी अभियोगमा जिल्लाको मेचिनगर नगरपालिका—६ बर्मेली टोल बस्ने ३४ वर्षीय जगत मणी आचार्यलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।

आचार्यले ती बालिकालाई गत मंसिर ८ गते आफ्नै घरमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय काकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

थप अनुसन्धानको क्रममा जगत मणीको दाइ ३७ वर्षीय बाल कुमार आचार्यले ती बालिकालाई ललाई फकाई आफ्नो भाइलाई भेटाएको भन्ने खुल्न आएपछि उनलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।