२०८१ जेष्ठ १४ | dainikmandu@gmail.com | कम्पनि दर्ता नं. २९८३६४/०७९/०८० | Nepali Unicode

बारा । सिरहामा मिटरब्याज पीडितलाई खुकुरी प्रहारको प्रयास गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँका रामबाबु साह रहेका छन् । सिरहाको कल्याणपुर नगरपालिका–८ मा   संजयकुमार कामतीमाथि कुटपिट र खुकुरी प्रहारको प्रयास गरिएको छ ।

मिटरब्याजीले कब्जा गरी अरूसँग बेचिसकेको घरमा जान खोज्ने क्रममा घरजग्गा किनेका ब्यक्तिले कामती माथि कुटपिट र खुकुरी प्रहारको प्रयास गरेका हुन् । उनले हातमा खुकुरी लिएर प्रहारको प्रयास गरेको भिडियो समेत सामाजिक संजालमा भाइरल छ ।

कामतीले २०७३ सालमा कल्याणपुर ८, मझाउका लेखापढी व्यवसायी सुरेश पंजियारसँग ३ लाख रुपैयाँ ऋण लिएका थिए । त्यसबापत पंजियारले कामतीसँग ४ लाख ८० हजार र ७ लाख ५० हजार गरी १२ लाख ३० हजारको दुई वटा तमसुक बनाए ।

आर्थिक रुपले विपन्न कामतीले ऋण तीर्न पैसा जोहो गरिरहेकै बेला पंजियारले अदालतबाट २०७८ सालमा १ बिघा एक कठ्ठा खेत, १ कठ्ठा ६ धुर घडेरी र एउटा घर गरी डेढ करोड बराबरको सम्पत्ति डाक लिलाम गराएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।