२०८१ जेष्ठ ९ | dainikmandu@gmail.com | कम्पनि दर्ता नं. २९८३६४/०७९/०८० | Nepali Unicode
 BREAKING
सन्दीप लामिछानेलाई अमेरिकी दूतावासले दिएन भिसा | वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ | सहकारी बचतकर्ता अभियानद्वारा तेस्रो चरणको आन्दोलनको घोषणा | कैलाश सिरोहियालाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतबाट ३ दिन म्याद थप | पोखराको चक्रदेवी सहकारी संस्थामा तोडफोड, ९ जना पक्राउ | रास्वपाले भन्यो- कानुन भन्दामाथि कोही हुँदैन,अदालतको अनुमति लिएर पर्याप्त आधारसहित अनुसन्धान गरिनु प्रेस स्वतन्त्रताको हनन होइन | बारा, पर्साका दुई सय १२ उद्योगमा ‘स्मार्ट इनर्जी मिटर’ जडान | राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै | कैलाश सिरोहियासँग कुनै रिसइबी छैन- प्रधानमन्त्री | कांग्रेसको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक शुरु |

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । व्यवसाय बढाउने वा नवीन रोजगारीको अवसर आउनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज हल्लाको पछि लाग्दा आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्, तर पहिलेको सफलताले थप हौसला जगाउनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज धर्म, तथा समाजसेवामा मन लाग्नेछ । चिताएको कामले तीव्रता लिनेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) अरूलाई प्रभावित पारेर काम बनाउन सकिने समय छ । खेतिपातीबाट बढी लाभ लिन सकिनेछ, तर चिताएको काम रोकिन सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ । पठनपाठनका क्षेत्रबाट लाभ लिन सकिनेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) हेलचेक्र्याइँले काममा उल्टो परिणाम दिन सक्छ, सचेत रहनुपर्ला । आलस्य र थकानको अनुभूति हुनेछ । झुटा आरोप लाग्न पनि सक्छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज शुभकार्यको चर्चा चल्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । वैदेशिक क्षेत्रको काम भने विस्तारै अघि बढ्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज सामाजिक र प्राविधिक काम सम्पन्न हुने त्यसबाट थप ऊर्जा मिल्नेछ । आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) मानसिक चिन्ता बढेपनि कार्य क्षेत्रमा प्रगति हुनेछ । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । इनाम र प्रतिष्ठा कमाउने बेला छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) दुष्ट व्यक्तिको सङ्गतले आत्मघाती काम गर्न पुगिएला । मनमा देखिने अस्थिरता अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) प्रेमीको सहयोग प्राप्त हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । शुभकार्यको चर्चा चल्नेछ, तर स्वास्थ्यको ख्याल गर्नु पर्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) भाग्यले साथ दिनेछ भने काममा सफलता हात पर्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।