२०८१ जेष्ठ १४ | dainikmandu@gmail.com | कम्पनि दर्ता नं. २९८३६४/०७९/०८० | Nepali Unicode

ललितपुर । ललितपुरमा बोलेरोको ठक्करबाट एक जनाको मृत्यु भएको छ । भगोदावरी नगरपालिका-१४ हाडेगाउँ चोक बाडेगाउँस्थित सडकमा बा।२१ च ७३५० नम्बरको बोलेरोले बागमती प्रदेश ०२-०४१ प ९४२२ नम्बरको स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो । मृतकमा स्कुटरमा सवार सोही नगरपालिका गोदावरी बस्ने २० वर्षीया गायत्री श्रेष्ठ रहेकी छन ।

मृत्यु हुनेमा गोदावरी बस्ने २० वर्षीया गायत्री श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । उनको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका स्कुटर चालकको पनि सोही अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले बोलेरो चालकलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।