२०८१ जेष्ठ ९ | dainikmandu@gmail.com | कम्पनि दर्ता नं. २९८३६४/०७९/०८० | Nepali Unicode

काठमाडौँ । अवैध लागुऔषध गाँजा मिसाइ केक तथा कुकिज बिक्री गर्ने थप दुई जना पक्राउ परेका छ्न ।

नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले काठमाडौँको सोह्रखुट्टेका २६ वर्षीय मोहमद फाजिल र काठमाडौँको दक्षिणकाली नगरपालिका–३ का २७ वर्षीय शालोम सादा लेप्चा जैसी लाई पक्राउ गरेको हो । यस अघि प्रहरीले पुस २२ गते काठमाडौँमा विशन मानन्धर लाई पक्राउ गरेको थियो ।

पक्राउ परेकाहरुले ललितपुरको एकान्तकुनामा घर भाडामा लिई केक र कुकिजमा गाँजा मिसाएर कारोबार गर्ने गरेको पाइएको प्रहरी उपरीक्षक जोशीले बताए ।

प्रहरीले उनीहरुको कोठाबाट एक किलो एक सय ग्राम गाँजा, एक किलो पाँच सय ६८ किलो डाँठसहितको गाँजा, बिक्री गर्न राखेको एक किलो ९ सय ग्राम केक, एक थान माइक्रोओभन, नौ सय ग्राम बटर तथा एक किलो तीन सय ग्राम कुकिज बरामद गरेको छ । एक वर्षदेखि घर भाडामा लिई स्वीट बेकरी खोलेर गाँजा मिसाएर कुक र बेकरीको अनलाइन व्यापार गर्दै आएको अनुसन्धानका क्रममा खुलेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।