२०८१ जेष्ठ १४ | dainikmandu@gmail.com | कम्पनि दर्ता नं. २९८३६४/०७९/०८० | Nepali Unicode

काठमाडौं । उदयपुरमा सवारी दुर्घटनाबाट एक साइकल यात्रीको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा रौतामाई गाउँपालिका-७ पुवाँरेका ४५ वर्षीय तुलसी मगराती रहेकोे प्रहरीले जनाएको छ ।

मदन भण्डारी स्मृति लोकमार्गको पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र-०५-००१-ज-००३५ नम्बरको इलेक्ट्रिकल भ्यानले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर दिएको थियो ।

प्रहरीले सवारी र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको र मृतकको शव पोष्टमार्टमको लागि जिल्ला अस्पतालको शव गुहमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।