२०८१ जेष्ठ ११ | dainikmandu@gmail.com | कम्पनि दर्ता नं. २९८३६४/०७९/०८० | Nepali Unicode
 BREAKING
जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ | राष्ट्रिय सभामा पनि कांग्रेसको अवरोध, बैठक स्थगित | धावनमार्गको पिच उप्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल करिब एक घण्टा बन्द | प्रहरीले आफ्नो दायित्वलाई कुशलतापूर्वक निर्वाह गर्दै आएको छ- प्रधानमन्त्री | प्रतिनिधिसभामा आज पनि कांग्रेसको अवरोध, बैठक स्थगित | राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता | सहकारी ठगि प्रकरण : कार्यदलमा जुटेन सहमति | सुनको मुल्य घट्यो, कतिमा हुदै छ कारोबार ? | कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई म्याद थप गर्न अदालत लगिँदै | बालेनले सरकारलाई सम्झाए बजेटमा राखेको कार्यक्रम: जेठ ११ गतेसम्म कार्यान्वयनको सुरसार छैन ! |

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) स्वादिष्ट भोजनको अवसर प्राप्त हुने योग छ । पराक्रम बढ्नुका साथै धन लाभका योग पनि देखिन्छन् । प्रेम जीवन पनि सफल रहनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज समस्या दर्साउँदा सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । अरुलाई प्रभावित पारेर काम बन्नेछ । लाभदायी छलफल हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । दुष्ट व्यक्तिको सङ्गतले आत्मघाती काम गर्न पुगिएला, सचेत रहनुहोला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) रोकिएका अधुरा कामहरू पुरा हुन सक्छ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । शैक्षिक क्षेत्रमा पनि सामान्य सफलता पाइनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । खेलकुद र साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । शैक्षिक क्षेत्र पनि राम्रै हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आफन्त र मित्रवर्गको सहयोग पाइनेछ । प्राविधिक र स्वास्थ्य विषयमा बढी सफलता मिल्नेछ, तर अनावश्यक हिँडडुल नगरेकै जाती ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) स्वास्थ्य क्षेत्र निर्बल रहने भएकाले सजगता अपनाउनु होला । काम बिगार्नेको सक्रिय रहन सक्छन् र नियमित खर्चसमेत बढ्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । नजिकको व्यक्तिबाट सहयोग पाइनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ । विदेशमा रहेका आफन्त सँग कुराकानी हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ । अरूको मुख नताकी सही निर्णय लिन सके थप अवसर प्राप्त होला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज सामाजिक क्षेत्रमा धन खर्च हुनसक्छ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला । शिक्षामा पनि अवरोध आउनसक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आफन्तबाट सहयोग प्राप्त हुनेछ । पढाइ लेखाइमा प्रगति हुनेछ । नयाँ कार्यको योजना बन्नेछ र शुभ कार्यको चर्चा पनि हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।