२०८१ जेष्ठ १४ | dainikmandu@gmail.com | कम्पनि दर्ता नं. २९८३६४/०७९/०८० | Nepali Unicode

बारा । बारामा १३ वर्षीय बालिकालाई बलात्कार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा महागढीमाई नगरपालिका वार्ड नम्बर -२ मा बस्ने  अन्दाजी ३० वर्षीय अकाश मण्डल रहेका छन् । उनले झारफुक गर्ने ठाउँमा कोही नभएको मौका छोपी १३ वर्षीय बालिकालाई जबर्जस्ती करणी गरेको आरोप छ ।

पीडित नाबालिकाले मण्डलविरुद्ध दिएको किटानी जाहेरीको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले बताए ।

प्रहरीले पीडित भनिएकी बालिकाको कलैयास्थित प्रादेशिक अस्पतालमा मेडिकल जाँच गराएर आरोपित लाई नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य अगाडि बढाएको प्रवक्ता न्यौपानेले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।