२०८१ जेष्ठ १४ | dainikmandu@gmail.com | कम्पनि दर्ता नं. २९८३६४/०७९/०८० | Nepali Unicode

बारा । मधेश प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री कृष्ण प्रसाद यादवले बाराको सिम्रौनगढमा प्रहरीको गोलि लागेर मृत्यु भएका स्थानीय २५ वर्षीय युवक लक्ष्मी मुखिया बिनको परिवारलाई आर्थिक सहयोग गरेका छन् ।

उनले बुधबार बिनको परिवारलाई भेटेर १ लाख २५ हजार आर्थिक सहयोग गरेका हुन ।

तलब नपाएको भन्दै शिक्षक तथा कर्मचारीहरको आन्दोलनको क्रममा स्थिति नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर मङ्सिर २७ गते लक्ष्मीको मृत्यु भएको थियो ।

भौतिक पूर्वाधार तथा विकास मन्त्री यादवले मधेश प्रदेश सरकारबाट थप ५ लाख सहयोग गर्ने घोषणा गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।