२०८१ जेष्ठ ११ | dainikmandu@gmail.com | कम्पनि दर्ता नं. २९८३६४/०७९/०८० | Nepali Unicode
 BREAKING
जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ | राष्ट्रिय सभामा पनि कांग्रेसको अवरोध, बैठक स्थगित | धावनमार्गको पिच उप्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल करिब एक घण्टा बन्द | प्रहरीले आफ्नो दायित्वलाई कुशलतापूर्वक निर्वाह गर्दै आएको छ- प्रधानमन्त्री | प्रतिनिधिसभामा आज पनि कांग्रेसको अवरोध, बैठक स्थगित | राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता | सहकारी ठगि प्रकरण : कार्यदलमा जुटेन सहमति | सुनको मुल्य घट्यो, कतिमा हुदै छ कारोबार ? | कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई म्याद थप गर्न अदालत लगिँदै | बालेनले सरकारलाई सम्झाए बजेटमा राखेको कार्यक्रम: जेठ ११ गतेसम्म कार्यान्वयनको सुरसार छैन ! |

काठमडौँ ।  स्वदेशी र विदेशी ब्रान्डका नक्कली रक्सी बनाएर बिक्री गर्ने ९ जना लाई प्रहरीले काठमाडौं बाट पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–५ स्थित एक घरमा उक्त कारखाना फेला परेको हो ।

प्रहरीले नक्कली  ब्राण्डका गुणस्तरहिन नक्कली मदिराहरू उत्पादन गरी कालो बजारी भई रहेको गोप्य सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रामेछाप घर भएका मनोज खत्री, महेश खत्री, मनिष खत्री र विनोदकुमार कार्की, सिन्धुपाल्चोक घर भएका मोहन खड्का र रोशन कार्की, सिन्धुली घर भएका गौरव तामाङ र लेखविक्रम थापा तथा काठमाडौँ घर भएका सुमन नगरकोटी रहेका छन् ।

उनीहरुले विभिन्न ब्रान्डका गणस्तरहीन नक्कली मदिराहरु प्रचलित दरभाउभन्दा कम मूल्यमा बेचविखन गर्दै कालोबजारी गर्ने गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ । उनिहरुले आन्तरिक राजश्व बिभागको अन्त शुल्कको स्टिकरहरु, लेवलिङ गरेको समेत पाइएको छ ।

प्रहरीले उनीहरुको साथ बाट नक्कली खुकुरी रम, गोल्डन ओक, फाइटर, सिग्नेचर, ३६५ ब्ल्याक मदिरा फेला पारेको थियो । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर पठाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।