२०८१ जेष्ठ ११ | dainikmandu@gmail.com | कम्पनि दर्ता नं. २९८३६४/०७९/०८० | Nepali Unicode
 BREAKING
जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ | राष्ट्रिय सभामा पनि कांग्रेसको अवरोध, बैठक स्थगित | धावनमार्गको पिच उप्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल करिब एक घण्टा बन्द | प्रहरीले आफ्नो दायित्वलाई कुशलतापूर्वक निर्वाह गर्दै आएको छ- प्रधानमन्त्री | प्रतिनिधिसभामा आज पनि कांग्रेसको अवरोध, बैठक स्थगित | राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता | सहकारी ठगि प्रकरण : कार्यदलमा जुटेन सहमति | सुनको मुल्य घट्यो, कतिमा हुदै छ कारोबार ? | कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई म्याद थप गर्न अदालत लगिँदै | बालेनले सरकारलाई सम्झाए बजेटमा राखेको कार्यक्रम: जेठ ११ गतेसम्म कार्यान्वयनको सुरसार छैन ! |

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पनि पुरा हुनेछन् ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज अनावश्यक वादविवाद बढ्न सक्छ । पारिवारिक जीवन सामान्य रहनेछ । विद्यार्थीले पढाईमा अलिक बढी ध्यान दिनुपर्ने समय छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ । चिताएको कामले तीव्रता लिनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) तर्क र विवादमा राम्रो सफलता मिल्नेछ । धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । जटिल ठानिएको काम सम्पादन होला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ । जग्गाजमिनको कारोबारबाट राम्रो फाइदा हुनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज कुनै कुराले मनमा शान्ति छाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नोकरी गर्नेले मानसम्मान पाउने छन् । लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज शुभकार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुनसक्छ । दबाब र तनाव बढेको महसुस हुनेछ । यात्रामा सावधानी अपनाउनु पनि पर्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज तपाईंको सामान हराउन सक्छ । सहयोग गर्नेहरूले झुक्याउन सक्छन्, सावधान रहनुहोला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुख मिल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) आजको दिन मनोरञ्जनपूर्ण समय रहला । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।