२०८१ जेष्ठ १४ | dainikmandu@gmail.com | कम्पनि दर्ता नं. २९८३६४/०७९/०८० | Nepali Unicode

काठमाडौं । वानप्लस मोबाइलको नेपालका लागि आधिकारिक बिक्रेता क्रेटस टेक्नोलोजीज र स्मार्ट टकले तीनवटा नयाँ मोडल नेपाल भित्र्याएको छ ।

आज एक कार्यक्रमका बीच कम्पनीले तीनवटा नयाँ मोडल नेपाल भित्र्याएको छ । क्रेटस, स्मार्ट टक र वानप्लस मुख्यालयका नेपाल प्रतिनिधि सन याङले संयुक्त रुपमा नर्ड एन थर्टी एसई, टुवेल्भ र टुवेल्भ आर सार्वजनिक गरेका हुन् ।

नेपालमा पहिलो पटक भित्रिएको टुवेल्भ आर सिरिजले सूचना प्रविधिको क्षेत्रमा काम गर्ने, गेमर्स र फोटोग्राफरलाई लक्षित गरेर बनाइएको कम्पनीले जनाएको छ ।

आज नेपाल भित्राइएको  टुवेल्भ आर सिरिजमा टुके भिडियो क्वालिटीमा भिडियो खिच्न सकिनेछ । यस्तै वाएरलेस चार्जरको सुविधा रहेको यो फोनमा १६ जीबी रोम र ५१२ जीबी र्यामको सुविधा राखिएको छ । ५४०० एमएचक्षमताको ब्याट्रि भएको यो फोनको मूल्य एक लाख ३९ हजार ९९९ कायम गरिएको नेपाल वितरकले जनाएको छ ।

यस्तै टुवेल्भ सिरिजकै अर्को फोन टुवेल्भ आर टुवेल्भभन्दा मूल्यमा सस्तो भएपनि यसले १.५ के रिजोलुसनमा फोटो भिडियो खिच्न सक्छ । यसको बजार मूल्य ९० हजार ९९९ तोकिएको छ । ५५०० एमएएचको ब्याट्री क्षमता रहेको यो फोनको आठौं जेनेरेसन २ स्न्याप ड्रागन प्रोसेसर जडान गरिएको छ ।

बिगर, लाउडर, फास्टर नारा दिइएको नर्ड थर्टी एसई बजेट फोन हो । २६ हजार ९९९ बजार मूल्य रहेको यो फोनमा अत्याधुनिक प्रविधि जडान गरिएको छ । यसमा स्टेरियो स्पिकर, डुअल माइक्रोफोन र पाँचहजार एमएएच ब्याट्री जडान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।