२०८१ बैशाख १ | dainikmandu@gmail.com | कम्पनि दर्ता नं. २९८३६४/०७९/०८० | Nepali Unicode
 BREAKING
काठमाडौँ महानगरभित्रका सामुदायिक विद्यालयमा १२ हजार विद्यार्थीको क्षमता बढ्यो | एसीसी प्रिमियर कपमा नेपालको विजयी शुरुवात | एसीसी प्रिमियर कप : मलेसियाले नेपाललाई दियो १४४ रनको लक्ष्य | संक्रमणकालीन न्यायसँग सम्बन्धित दुई आयोगको पदाधिकारी सिफारिस गर्न समिति गठन | सरकारले गर्‍यो सुन्तलालाई राष्ट्रिय फल घोषणा | एसिसि प्रिमियर कप : मलेसिया विरुद्द नेपालले पहिला बलिङ गर्ने | राष्ट्रियसभाको रिक्त सदस्यमा एमालेकी अञ्जान शाक्यलाई सिफारिस | संसद अधिवेशन अन्त्य गर्न सिफारिस | भेडीगोठमा आगलागी हुँदा एकजनाको मृत्यु | नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम संसदीय दलका नेता चौधरी निलम्बित |

काठमाडौं । सुनसरी जिल्ला संग जोडिएका भारतको सीमाक्षेत्रमा नेपाली राष्ट्रिय झण्डोत्तलन कार्यक्रम सुरु भएको छ । जिल्ला सुरक्षा समिति सुनसरीको निर्णयअनुसार उक्त अभियान थालिएको हो।

सशस्त्र प्रहरी बल नेपाल नं. ४ गण हेड क्वार्टर सुनसरीको व्यवस्थापन र कोशी गाँउपालिकाको सहकार्यमा झण्डा राख्न थालिएको सशस्त्र प्रहरी बलका सह- प्रवक्ता शैलेन्द्र थापाले बताए ।

फागुन १२ गते देखी १६ गते सम्म संचालन भएको सीमा पैदल यात्रा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भए पछी मुख्य सीमा स्तम्भ, मुख्य नाका तथा सीमाक्षेत्रमा रहेका सशस्त्र प्रहरी बलका पोष्टहरुमा झण्डा डेक्स सहित राष्ट्रिय झण्डा राख्न सुरु गरिएको प्रवक्ता थापाले बताए । पहिलो चरणमा जिल्ला सुनसरी कोशी गाँउपालिका- ८ तिनकुने स्थित मुख्य नाकामा झण्डा राखिएको हो ।

उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जय नारायण आर्चाय, सुनसरी क्षेत्र ४ ख का प्रदेश सभासद ईसरायल मन्सुरी, जिल्ला सुरक्षा समितीका पदाधिकारी तथा सुनसरी जिल्ला सरकारी कार्यालय प्रमुखहरु,पत्रकार सहित स्थानीयको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।