२०८१ बैशाख १ | dainikmandu@gmail.com | कम्पनि दर्ता नं. २९८३६४/०७९/०८० | Nepali Unicode
 BREAKING
काठमाडौँ महानगरभित्रका सामुदायिक विद्यालयमा १२ हजार विद्यार्थीको क्षमता बढ्यो | एसीसी प्रिमियर कपमा नेपालको विजयी शुरुवात | एसीसी प्रिमियर कप : मलेसियाले नेपाललाई दियो १४४ रनको लक्ष्य | संक्रमणकालीन न्यायसँग सम्बन्धित दुई आयोगको पदाधिकारी सिफारिस गर्न समिति गठन | सरकारले गर्‍यो सुन्तलालाई राष्ट्रिय फल घोषणा | एसिसि प्रिमियर कप : मलेसिया विरुद्द नेपालले पहिला बलिङ गर्ने | राष्ट्रियसभाको रिक्त सदस्यमा एमालेकी अञ्जान शाक्यलाई सिफारिस | संसद अधिवेशन अन्त्य गर्न सिफारिस | भेडीगोठमा आगलागी हुँदा एकजनाको मृत्यु | नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम संसदीय दलका नेता चौधरी निलम्बित |

काठमाडाै‌ं । देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ६ जना पक्राउ परेका छन् । सुनसरीकाे धरान उपमहानगरपालिका-१३ आँपगाछीबाट अवैध लागूऔषध गाँजा ११ किलोसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेहरूमा झापा कन्काई नगरपालिका-१ बस्ने ३६ वर्षीय धन बहादुर मुखिया, सोही नगरपालिका-७ बस्ने ३५ वर्षीया गंगा दर्जी र धनकुटा सहिदभुमि गाउँपालिका-३ बस्ने २२ वर्षीय टेकेन्द्र राई रहेका छन् । अस्थायी प्रहरी पोष्ट अमरहाट समेतबाट खटिएको प्रहरीले मे.७ प ७३७५ नम्बरको मोटरइकलमा सवार मुखिया र दर्जीलाई ८ किलो गाँजा र  प्रदेश १-०२-०५३ प ७६६० नम्बरको मोटरसाइकलमा सवार राईलाई ३ किलो गाँजासहित पक्राउ गरेको हो ।

 

मोरङकाे  बिराटनगर महानगरपालिका-१६ हुलास चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ९६ मिलिग्रामसहित लेटाङ नगरपालिका-९ बस्ने ३२ वर्षीय भिम भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

 

पर्साकाे वीरगंज महानगरपालिका-२७ रामपुर टोलबाट अवैध लागूऔषध गाँजा करिब ६ किलो २ सय ग्रामसहित बारा परवानीपुर गाउँपालिका-५ बहुअरी बस्ने २६ वर्षीय दिपक पटेललाईप्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट उदयपुर घुर्मीबाट खटिएको प्रहरीले म.प्र.०३-०२६ प ००९७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकल चालक पटेललाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

 

झापाकाे मेचिनगर नगरपालिका-६ बसपार्कस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम र नगद २२ हजार ६ सय रूपैयाँसहित बिर्तामोड नगरपालिका-४ बस्ने २१ वर्षीय रबिन चौधरीलाई  प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।