२०८१ जेष्ठ १४ | dainikmandu@gmail.com | कम्पनि दर्ता नं. २९८३६४/०७९/०८० | Nepali Unicode

बारा । बारा प्रहरीले कक्षा १२ को परिक्षा दिने दुई नक्कली परिक्षार्थलाई पक्राउ गरेको छ ।

बिहिवार रामराजा बहुमुखि क्याम्पस कलैया केन्द्र “ख” मा राष्ट्रिय परिक्षा बोर्ड द्वारा संचालित कक्षा १२ को परिक्षामा अर्काको प्रवेश पत्रमा आफ्नो फोटो टाँस गरी नक्कली परिक्षार्थी बनि लेखा विषयको परिक्षा दिएको भन्ने आशंकाको आधारमा परिक्षामा खटिएका कर्मचारीहरु र प्रहरी टोलीले २ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बाराको देवताल गाउँपालिका बस्ने अन्दाजी १७ वर्ष की नक्कली परिक्षार्थी (बालबालिका सम्बन्धी ऐन २०७५ अनुसार नाम गोप्य राखिएको) र देवताल गाउँपालिका वडा नम्बर ५ बस्ने अन्दाजी ३० वर्षकी किरण साह रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता  प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए ।

नक्कली परिक्षार्थी दुबै जनालाई नियन्त्रणमा लिई शिक्षा ऐन २०२८ सम्बन्धीको कसुरमा जिल्ला अदालत बाराबाट ४ दिनको म्याद थप गरी अनुसन्धान कार्य भई रहेको न्यौपानेले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।