२०८१ जेष्ठ ३१ | dainikmandu@gmail.com | कम्पनि दर्ता नं. २९८३६४/०७९/०८० | Nepali Unicode
 BREAKING
कर्मचारीलाई प्रधानमन्त्रीले भने : हजुर, हस्, भइहाल्छले अब चल्दैन | मधेश सरकारको सांसदलाई पैसा बाड्ने निर्णयविरूद्ध सर्वोच्चको कारण देखाउ आदेश | सरकारमा बसेर काम गर्न नसके बाहिरिन्छौं : गृहमन्त्री लामिछाने | कारोबारसँगै बढ्यो सेयर बजार | वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा एक जना पक्राउ | गिरीबन्धुको जग्गा सरकारी होइन, भ्रममा नपर्न संचालकहरुको अपिल | जेनेभा पुगे राष्ट्रपति पौडेल | उपेन्द्र यादव जसपा नेपालको अध्यक्षमा निर्बिरोध निर्वाचित | सरकारी अस्पतालमा सामान्य अप्रेसन गर्न नौ महिनासम्म कुर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्र्छ : सांसद बर्तौला | क्यान नेतृत्वमाथि छानबिन गर्न आयोग गठन गर्नुपर्ने सांसद आचार्यको भनाई |

काठमाडौँ । विभिन्न अनलाइन ब्याटिङ साइटमा क्रिप्टोकरेन्सी र सट्टेबाजी कारोबार गर्ने एक जना पक्राउ परेका छ्न । पक्राउ पर्नेमा काभ्रे मण्डनदेउपुर-८ स्थायी घर भई भक्तपुर बस्दै आएका २४ वर्षका अनिल ढुंगाना रहेका छ्न । प्रहरीले पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेको हो ।

पक्राउ परेका ब्यक्तिले ११ वटा कनेक्ट आइपीएसमा ५५ वटा बैंक खाता लिंक गरी ४८ करोड ८० लाख बढी रकम कारोबार गरेको र विभिन्न माध्यमबाट दुई अर्ब १ करोड बढीको कारोबार गरेको खुलेको अपराध अनुसन्धान कार्यालय प्रमुख एसएसपी सानुराम भट्टराईले बताए ।

प्रहरीका अनुसार १५ वटा वालेटहरू प्रयोग गरी पाँच करोड बढी कारोबार, ५६ वटा बैंक खाता प्रयोग गरी ६१ करोड ६४ लाख बढी कारोबार गरेको पाइएको र बिनान्सबाट दुई खाता प्रयोग गरी २ सय ४३ वटा विभिन्न क्रिप्टोकरेन्सीको हाल नेपाली मूल्य एक अर्ब ३४ करोड बराबरको कारोबार गरेको पाइएको छ । ढुंगानाले सामाजिक सञ्जालमा जुवा ३ सय ६५ नामको पेज चलाएर प्रचार गर्दै आएका उनले अनिल साहको नामबाट भारतीय आधार कार्ड, पान कार्ड, दिल्ली मेट्रो कार्ड, भारतीय एचडीएस बैंकको चेकबु एटिएम कार्ड र एरटेल कम्पनीको सीमकार्ड प्रयोग गर्ने गरेको पनि खुल्न आएको छ । उनलाई पक्राउ थप अनुसन्धान अगाडी बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।