२०८१ असार २ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गिरीबन्धु, बाँसबारी जग्गा सार्वजनिक भएका अनियमितता तथा भ्रष्टाचार प्रकरणका फाइल खोल्ने बताएको छ ।

आइतबारको प्रतिनिधिसभामा पार्टीका तर्फबाट बोल्दै रास्वपाका सहप्रवक्ता तथा सांसद मनिष झाले बालमन्दिर, बाँसबारी र टीकापुर जग्गा प्रकरणलगायतका फाइल पनि खोल्ने बताएका हुन । ‘बालमन्दिरको जग्गा, बाँसबारी जग्गा, टीकापुरको जग्गा, भुटानी शरणार्थी, गिरीबन्धु र टेरामक्सलगायत सबैको फाइल हामी खोल्न चाहन्छौं’ उनले भने । विगतमा यि विषयमा किन फाइल खोलिएन भनेर खोजी गर्दा फाइल नै नबनेको पाइएको भन्ने जवाफ पाएको दाबी उनले गरे ।

उनले कांग्रेस महामन्त्री गगन कुमार थापालाई राजनीतिमा क्रेडिट, कपीराइट दल वा व्यक्ति विशेषको नहुने जवाफ पनि फर्काए ।
विशेष समयमा बोलेका थापाले आफ्नो दलमाथि सबै राजनीतिक अवस्था र व्यवस्था बिगारेको आरोप लगाउन खोजेको सांकेतिक प्रहार रास्वपामाथि गरेका थिए । रास्वपा राजनीतिमा आएको २३ महिना, सदनमा १७ महिना र सरकारमा आएको १२२ दिन भएको गन्ती गर्दै भने, ‘केही दल र दलका अग्रजहरूले तिमीहरूले बिगारेको भन्ने र पन्छिने अवस्था देखिन्छ । आज पनि देखियो ।’

झाले राजनीतिले धेरै ‘कोर्ष’ परिवर्तन गरेको उल्लेख गर्दै अब ‘करिकुलम’ पनि परिवर्तन गर्न जरुरी भएको धारणा राखे
‘कक्षा–५ को किताब पढेर एसईई पास भइँदैन । व्यवस्था परिवर्तन भयो, अवस्था अलिअलि परिवर्तन भयो । सबै परिवर्तन मंैले गर्दा भयो भनेर क्रेडिट लिन सकिन्न । राजनीतिमा दुईवटा कुरा भन्न सकिँदैन, कपीराइट र क्रेडिट’, झाले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।