२०८१ जेष्ठ ३० | dainikmandu@gmail.com | कम्पनि दर्ता नं. २९८३६४/०७९/०८० | Nepali Unicode
 BREAKING
कर्मचारीलाई प्रधानमन्त्रीले भने : हजुर, हस्, भइहाल्छले अब चल्दैन | मधेश सरकारको सांसदलाई पैसा बाड्ने निर्णयविरूद्ध सर्वोच्चको कारण देखाउ आदेश | सरकारमा बसेर काम गर्न नसके बाहिरिन्छौं : गृहमन्त्री लामिछाने | कारोबारसँगै बढ्यो सेयर बजार | वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा एक जना पक्राउ | गिरीबन्धुको जग्गा सरकारी होइन, भ्रममा नपर्न संचालकहरुको अपिल | जेनेभा पुगे राष्ट्रपति पौडेल | उपेन्द्र यादव जसपा नेपालको अध्यक्षमा निर्बिरोध निर्वाचित | सरकारी अस्पतालमा सामान्य अप्रेसन गर्न नौ महिनासम्म कुर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्र्छ : सांसद बर्तौला | क्यान नेतृत्वमाथि छानबिन गर्न आयोग गठन गर्नुपर्ने सांसद आचार्यको भनाई |

काठमाडौं । सरकारले विपद्का बेलामा रिपोर्टिङ गर्न जाने पत्रकार र स्वयमसेवामा खटिने मानिसहरुलाई तालिम प्रदान गर्ने भएको छ ।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बर्खासुरु भएसँगै सरकारले नागरिकको जिउ धनको सुरक्षाको लागि के कस्तो काम गरीरहेको छ भन्ने सन्दर्भमा सदनलाई जानकारी गराउँदै गृहमन्त्री रवि लामिछानेले विपद्का बेलामा रिपोटिङ गर्न जाने पत्रकारहरु र स्वयमसेवामा खटिने मानिसहरुको जोखिमलाई कम गर्न तालिमको व्यवस्था गरेको जनकारी दिए ।

उनले भने, ‘विपद्का बेलामा रिपोटिङ गर्न जाने पत्रकारहरु स्वमसेवामा खटिने मानिसहरुको जोखिलाई पनि ध्यानमा राखेर उहाँहरुलाई तालिमको व्यवस्था गर्न यसैसाता सम्बन्धित निकायले जोड लगाउनुभएको छ । तालिम प्राप्त गरेर रिपोटिङमा र स्वयंमसेवकमा खटिएकालाई कम जोखिन हुने भएकाले यस्तो व्यस्था मिलाएका छौं ।’ उनले सूचना तथा सञ्चारको विषयलाई पनि गम्भीरताकासाथ लिएर जल तथा मौसम विभाग र दूरसञ्चार प्राधिकरणको समन्वयमा विपद् जोखिमबारे आम जनमानसलाई निरन्तर सूचना प्रवाह गर्ने व्यवस्था गरेको जानकारी दिए । गृहमन्त्रीका अनुसार कमाण्ड पोष्टले आवश्यकता अनुसार आजैबाट दैनिक प्रेस बुलेटिन पनि जारी गर्ने छ भने ११४९ नम्बरमा फोन गरेर बाढि र विपद् सम्बन्धी सुचना पाउन सकिने छ ।

उनले भने,‘हामीले खासगरी खाद्य सामग्रि एवम् राहत सामग्रीको ढुवानी लगायतका विषयमा सहयोगको अपेक्षा गरेका छौं । सूचना तथा सञ्चारको विषयलाई पनि हामीले गम्भीरताकासाथ लिएका छौं । जल तथा मौसम विभाग र दूरसञ्चार प्राधिकरणको समन्वयमा विपद् जोखिमबारे आम जनमानसलाई निरन्तर सूचना प्रवाह गर्नका लागि कमाण्ड पोष्टले आवश्यकता अनुसार आजैबाट दैनिक प्रेस बुलेटिन पनि जारी गर्ने कुराको पनि जानकारी गराउँछु । आजैबाट मनसुनबारे पैसा नलाग्ने ११४९ नं.मा फोन गरेर बाढि सम्बन्धी सुचना पाउन सकिने छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।