२०८१ जेष्ठ ३१ | dainikmandu@gmail.com | कम्पनि दर्ता नं. २९८३६४/०७९/०८० | Nepali Unicode
 BREAKING
कर्मचारीलाई प्रधानमन्त्रीले भने : हजुर, हस्, भइहाल्छले अब चल्दैन | मधेश सरकारको सांसदलाई पैसा बाड्ने निर्णयविरूद्ध सर्वोच्चको कारण देखाउ आदेश | सरकारमा बसेर काम गर्न नसके बाहिरिन्छौं : गृहमन्त्री लामिछाने | कारोबारसँगै बढ्यो सेयर बजार | वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा एक जना पक्राउ | गिरीबन्धुको जग्गा सरकारी होइन, भ्रममा नपर्न संचालकहरुको अपिल | जेनेभा पुगे राष्ट्रपति पौडेल | उपेन्द्र यादव जसपा नेपालको अध्यक्षमा निर्बिरोध निर्वाचित | सरकारी अस्पतालमा सामान्य अप्रेसन गर्न नौ महिनासम्म कुर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्र्छ : सांसद बर्तौला | क्यान नेतृत्वमाथि छानबिन गर्न आयोग गठन गर्नुपर्ने सांसद आचार्यको भनाई |

काठमाडौं । नेपाली काङ्ग्रेसका सांसद दिपक गिरीले बजेट जति नै आए पनि देशमा केही नहुने टिप्पणी गरेका छन् ।
आज प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा उनले हरेक वर्ष बजेटमा ठूला ठूला कुरा लेखिएपनि त्यसको कार्यान्वयन नहुने भन्दै बजेटहरु आउँछन् जान्छन् तर देशमा केही नहुने बताए ।

उनले भने, ‘बजेटहरु प्रस्तुत हुन्छन्, बजेटहरु आउँछन् जान्छन्, मुलुकमा केही हँुदैन । चाहे त्यो विष्णु पौडेल, जनार्दन शर्मा, प्रकाश शरण महत ल्याएको बजेट अथवा अहिले आएको बजेटको कुरा गरौं केही हुनेवाला छैन । हरेक वर्ष बजेटमा ठूला कुरा आउने गरेको छ । कृषि मलको कारखाना, निमार्णका योजना धेरैपटक आए केही भयो कहाँ गयो त्यो सरकारको बचन ।’
यस्तै, उनले बजेटमा आवश्यक बजेट व्यवस्था, आवश्यक बजेट विनियम र आवश्यक रकम व्यवस्था गर्ने भन्ने तीन वटा शब्दहरु जस्तो तरिकाले प्रस्तुत गरिएको हुन्छ त्यो व्यवहारमा कहिले पनि लागू नहुने बताए ।

उनले भने, ‘बजेटमा एउटा कुरा नराम्रो तरिकाले उल्लेख हुन्छ त्यो शब्द आवश्यक बजेट व्यवस्था गरिने छ, बजेटमा बडो शब्द आउँछ । आवश्यक बजेट विनियम गर्छु, आवश्यक रकम व्यवस्था गर्छु यी तीन वटा शब्दहरु छ । बजेटमा सातै प्रदेशमा सुविधासम्पन्न वृद्धा आश्रमको स्थापना गरिने छ । भनेरे बडो गहकिलो शब्द उल्लेख गरिएको छ । हेर्छु मैले एक वर्षपछि यो बन्छ कि बन्दैँन् ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।