२०८१ जेष्ठ ३० | dainikmandu@gmail.com | कम्पनि दर्ता नं. २९८३६४/०७९/०८० | Nepali Unicode
 BREAKING
कर्मचारीलाई प्रधानमन्त्रीले भने : हजुर, हस्, भइहाल्छले अब चल्दैन | मधेश सरकारको सांसदलाई पैसा बाड्ने निर्णयविरूद्ध सर्वोच्चको कारण देखाउ आदेश | सरकारमा बसेर काम गर्न नसके बाहिरिन्छौं : गृहमन्त्री लामिछाने | कारोबारसँगै बढ्यो सेयर बजार | वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा एक जना पक्राउ | गिरीबन्धुको जग्गा सरकारी होइन, भ्रममा नपर्न संचालकहरुको अपिल | जेनेभा पुगे राष्ट्रपति पौडेल | उपेन्द्र यादव जसपा नेपालको अध्यक्षमा निर्बिरोध निर्वाचित | सरकारी अस्पतालमा सामान्य अप्रेसन गर्न नौ महिनासम्म कुर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्र्छ : सांसद बर्तौला | क्यान नेतृत्वमाथि छानबिन गर्न आयोग गठन गर्नुपर्ने सांसद आचार्यको भनाई |

काठमाडौं । सरकारले वैदेशिक रोजगारीका लागि आएका मागपत्र (डिमान्ड) प्रमाणीकरण अनलाइन प्रणालीबाट गर्ने प्रक्रिया सुरु गरेको छ । परराष्ट्र र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले डिमान्ड प्रमाणीकरण अनलाइनबाटै हुने प्रक्रिया सुरु गरेका हुन् ।
काठमाडौंमा बिहीबार एक कार्यक्रमका बीच परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र श्रममन्त्री डीपी अर्यालले उक्त प्रक्रिया सुरु भएको घोषणा गरेका हुन् । भौतिकरुपमा नियोगमा उपस्थित हुनुपर्ने अवस्था कम गर्दै लैजाने उद्देश्यले अनलाइनबाट प्रमाणीकरण गर्ने प्रक्रिया नेपाली राजदूतावास अबुधाबीबाट सुरु भएको घोषणा गरिएको हो ।

सम्बन्धित देशका दूतावासले अनलाइनमार्फत प्रमाणीकरणको काम थालेपछि फाइल बोकेर रोजगारदाता कम्पनी र म्यानपावर कम्पनीका कर्मचारी दूतावास धाउनुपर्ने अवस्था अन्त्य हुनेछ । अहिले रोजगारदाता कम्पनी र म्यानपावरका कर्मचारी मागपत्र प्रमाणीकरणका लागि फाइल भोकेर भौतिक रुपमै दूतावास पुग्दै आएका छन् । तीन वर्षयता वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको सबै प्रक्रिया अनलाइनबाटै भइरहेको श्रम मन्त्रालयले जनाएको छ । रोजगारदाता देशका दूतावासबाट मागपत्र प्रमाणीकरण गर्ने सफ्टवेयर निर्माण भइसकेको छ । सम्बन्धित देशका दूतावासबाट अनलाइनमार्फत मागपत्र प्रमाणीकरण गरिने श्रम मन्त्रालयले जनाएको छ ।

वैदेशिक रोजगारसम्बन्धी मागपत्र अनलाइनमार्फत लिन सकिने प्रक्रियाको थालनी गर्दै उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले वैदेशिक रोजगार विभाग धाउनुपर्ने बाध्यताको अन्त्य हुने बताए । उनले अहिले नेपाली राजदूतावास आबुधाबीबाट सुरु भएको उल्लेख गर्दै छिट्टै अन्य नेपाली राजदूतावासमा समेत व्यवस्था गरिने बताए । उनले भने, ‘वैदेशीक सेवा सम्बन्धि मागपत्र प्रमाणीकरणको काम अनलाईनबाट दिने कामको शुभारम्भ गर्दा खुसि लागेको छ । अव वैदेशी रोजगार अनुमति प्रणाली र मागपत्र प्रमाणिकरणको काम एउटै प्रणालीबाट अनलाइनबाटै लिन सकिनेछ । यस प्रणालीको शुभारम्भ नेपाली राजदूतावास, अबुधाबीबाट गरिएको छ । अब क्रमैसँग अन्य नेपाली राजदुतावासबाट समेत अनलाईन प्रणालीमार्फत वैदेशीक रोजगारसम्बन्धि मागपत्र प्रमाणिकरणको व्यवस्था मिलाउनेछौं । अब कागजातको आधिकारिकता परिक्षणमा कठिनाई हुने छैन । धेरै लागत र जटिलता हुने समस्याको अन्त्य हुनेछ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।