२०८१ जेष्ठ ३१ | dainikmandu@gmail.com | कम्पनि दर्ता नं. २९८३६४/०७९/०८० | Nepali Unicode
 BREAKING
कर्मचारीलाई प्रधानमन्त्रीले भने : हजुर, हस्, भइहाल्छले अब चल्दैन | मधेश सरकारको सांसदलाई पैसा बाड्ने निर्णयविरूद्ध सर्वोच्चको कारण देखाउ आदेश | सरकारमा बसेर काम गर्न नसके बाहिरिन्छौं : गृहमन्त्री लामिछाने | कारोबारसँगै बढ्यो सेयर बजार | वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा एक जना पक्राउ | गिरीबन्धुको जग्गा सरकारी होइन, भ्रममा नपर्न संचालकहरुको अपिल | जेनेभा पुगे राष्ट्रपति पौडेल | उपेन्द्र यादव जसपा नेपालको अध्यक्षमा निर्बिरोध निर्वाचित | सरकारी अस्पतालमा सामान्य अप्रेसन गर्न नौ महिनासम्म कुर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्र्छ : सांसद बर्तौला | क्यान नेतृत्वमाथि छानबिन गर्न आयोग गठन गर्नुपर्ने सांसद आचार्यको भनाई |

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले औषधिजन्य उपयोगका लागि गाँजाको व्यवसायिक खेती सम्बन्धी अध्ययन सरकारले नियमावली ल्याएर गर्ने बताएका छन् । सिंहदरबारमा शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा गाँजाखेतीका विषयमा छलफल भएको हो । औषधिजन्य प्रयोजनका लागि व्यवसायिक उत्पादन, प्रशोधन तथा बिक्री वितरण लगायतका विषयमा छलफल गर्न विभिन्न मन्त्रालयका प्रतिनिधि सहभागी भए । गृहमन्त्री लामछिानेले गाँजाको औषधिजन्य उपयोगका लागि सरकारले नियम बनाउने विषय बजेटमा स्पष्ट भइसकेको भन्दै नियमावली ल्याएर नै अध्ययन गर्ने प्रष्ट पारे ।

‘औषधीय र औद्योगिक प्रयोजनका लागि हामीले गाँजासम्बन्धी कानुनी रुपमा नियमावली बनाएर अध्ययन गर्न सक्ने कुरालाई खोल्ने कुरामा हामी स्पष्ट छांै । सरकारले नीति कार्यक्रम र बजेटमार्फत पनि भनिसकेको कुरा हो,’ उनले भने, ‘यसैको सुनिश्चितता नै आज यहाँको प्रतिबद्धता हो । यसको नियमावली बनाएर अध्ययन गरी खुला गर्ने प्रतिबद्धता गरेका छौं ।’ त्यस्तै उनले समितिको बैठक पक्ष र विपक्ष नरहेको भन्दै कतिपय ठाउँमा सबै एकै ठाउँमा उभिनसक्ने ठाउँ पनि रहेको धारणा राखे ।

उनले भने, ‘सभापतिज्यू कतिपय ठाउँमा त हामी एकै ठाउँमा उभिनसक्ने ठाउँ पनि रहेछ नि । भनिन्छ नि, सबै एकै ठाउँमा उभिएको जस्तो समितिको बैठक यहाँ पक्ष र विपक्ष रहेन । गजब लाग्यो, यो आफैमा एउटा महत्वपूर्ण कुरा हो ।’त्यस्तै, बैठकमा बोल्दै अर्थमन्त्री वर्षमान पुनले गाँजाले बनेको झोला बोकेर आफूले बजेट प्रस्तुत गरेको बताए । गाँजाको उत्पादन गाउँगाउँमा भइरहेको बताउँदै उनले अप्रत्यक्ष रूपमा खेती हुनु सामान्यजस्तो रहेको भन्दै दाना उत्पादन, रेसा उत्पादन भइरहेको भेटिने गरेको बताए ।

उनले भने, ‘नेपाली उत्पादनको ब्याग भनेर बजेटको ब्याग नै गाँजाको हो । कसले उत्पादन ग¥यो थाहा थिएन । गाँजाको झोला बोकेर बजेट प्रस्तुत गरियो । अनुसन्धानका लागि गाँजा तत्काल खुला गरौं । धेरै डराउनुपर्दैन, अरू उत्पादनलाई विस्तारै कानुनी व्यवस्था गर्दै जाउँला ।’ गाँजालाई वैधानिकता दिन कानुनी रुपमा झन्झट भइरहेको बताउँदै सबै मिलेर गाँठो खोल्नुपर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।