२०८१ जेष्ठ ३० | dainikmandu@gmail.com | कम्पनि दर्ता नं. २९८३६४/०७९/०८० | Nepali Unicode
 BREAKING
कर्मचारीलाई प्रधानमन्त्रीले भने : हजुर, हस्, भइहाल्छले अब चल्दैन | मधेश सरकारको सांसदलाई पैसा बाड्ने निर्णयविरूद्ध सर्वोच्चको कारण देखाउ आदेश | सरकारमा बसेर काम गर्न नसके बाहिरिन्छौं : गृहमन्त्री लामिछाने | कारोबारसँगै बढ्यो सेयर बजार | वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा एक जना पक्राउ | गिरीबन्धुको जग्गा सरकारी होइन, भ्रममा नपर्न संचालकहरुको अपिल | जेनेभा पुगे राष्ट्रपति पौडेल | उपेन्द्र यादव जसपा नेपालको अध्यक्षमा निर्बिरोध निर्वाचित | सरकारी अस्पतालमा सामान्य अप्रेसन गर्न नौ महिनासम्म कुर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्र्छ : सांसद बर्तौला | क्यान नेतृत्वमाथि छानबिन गर्न आयोग गठन गर्नुपर्ने सांसद आचार्यको भनाई |

काठमाडौँ । काठमाडौं, भन्सार छली अवैध रूपमा संकलन गरी लैजान लागेको करिब २५ ग्राम सुनजस्तो देखिने पहेंलो धातुको सिक्री १ थान र करिब ६९ ग्राम ९९ मिलिग्राम सुन जस्तो देखिने पंहेलो धातुको काँचो डल्लोसहित २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा मोरङ केराबारी गाउँपालिका-९ बस्ने ३१ वर्षीय सरोज कोईराला र रौतहट कटहरिया नगरपालिका-६ बस्ने २४ वर्षीय मोहम्मद इन्तेयाज आलम रहेका छन् । कतार एयर उडानद्वारा नेपाल आएका कोईरालाले भन्सार छली ल्याएको उक्त धातु आलमलाई दिने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन पार्किङ एरियाबाट उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । 

यसैगरी काठमाडौं, भन्सार छली अवैध रूपमा संकलन गरी लैजान लागेको करिब ५० ग्राम सुन जस्तो देखिने पहेंलो धातुको सिक्री १ थानसहित २ जनालाई  शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सप्तरी सुरुङ्‍गा नगरपालिका-५ बस्ने २१ वर्षीय मोहमद अरमान र सप्तरी खडक नगरपालिका-६ बस्ने ३७ वर्षीय ज्याउदिन मिंया रहेका छन् । कतार एयरको उडानद्वारा दोहाबाट नेपाल आएका ज्याउदिनले भन्सार छली ल्याएको उक्त धातु अरमानलाई दिने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन पार्किङ एरियाबाट उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । 

उनीहरूलाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बुझाइने प्रहरीले जनाएको छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।