२०८१ जेष्ठ ३१ | dainikmandu@gmail.com | कम्पनि दर्ता नं. २९८३६४/०७९/०८० | Nepali Unicode
 BREAKING
कर्मचारीलाई प्रधानमन्त्रीले भने : हजुर, हस्, भइहाल्छले अब चल्दैन | मधेश सरकारको सांसदलाई पैसा बाड्ने निर्णयविरूद्ध सर्वोच्चको कारण देखाउ आदेश | सरकारमा बसेर काम गर्न नसके बाहिरिन्छौं : गृहमन्त्री लामिछाने | कारोबारसँगै बढ्यो सेयर बजार | वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा एक जना पक्राउ | गिरीबन्धुको जग्गा सरकारी होइन, भ्रममा नपर्न संचालकहरुको अपिल | जेनेभा पुगे राष्ट्रपति पौडेल | उपेन्द्र यादव जसपा नेपालको अध्यक्षमा निर्बिरोध निर्वाचित | सरकारी अस्पतालमा सामान्य अप्रेसन गर्न नौ महिनासम्म कुर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्र्छ : सांसद बर्तौला | क्यान नेतृत्वमाथि छानबिन गर्न आयोग गठन गर्नुपर्ने सांसद आचार्यको भनाई |

काठमाडौं । सांसद अमरेशकुमार सिंहले सामुदायिक विद्यालयहरुमा रहेका व्यवस्थापन समितिहरुले शिक्षाको गुणस्तरमा केही योगदान नगरेको भन्दै खारेज गर्न गरेका छन् । मंगलबार विनियोजन शिर्षकमा चारवटा मन्त्रालयमा खर्चको प्रस्ताव दर्ता गराउँदै सांसद सिंहले विद्यालय व्यवस्थापन समितिका कारण राजनीतिक दल र नेतालाई मात्र फाइदा पुगेको तर शिक्षा क्षेत्रमा विकास गर्न नसकेको भन्दै खारेज गर्न माग गरेका हुन् ।

उनले भने, ‘सामूदायिक विद्यालयहरुमा रहेको विद्यालय व्यवस्थापन समितिहरुले शिक्षा क्षेत्रलाई ध्वस्त गरेको छ । यसले कुनै पार्टी, कुनै राजनीति दललाई फाइदा भएको होला तर देशको शिक्षालाई फाइदा भएन । धेरै विद्यालय र सीटीइभीटीका नाममा अलपत्र छ । नमुना विद्यालय र प्राविधि शिक्षाका आयोजनाहरु अलपत्र छन् । शिक्षा क्षेत्रमा यति ठुलो बजेट विनियोजन गरिन्छ ।’

त्यस्तै, सांसद सिंहले सामुदायिक विद्यालयहरुमा शिक्षक र विद्यार्थीको अनुपात समेत नमिलेको बताएका छन् ।
तराइमा एक सय जना विद्यार्थीका लागि एक जना शिक्षकको दरबन्दी र पहाडमा ४० जना विद्यार्थीका लागि पनि एक दरबन्दी रहेको भन्दै दरबन्दी कसले मिलाउने भन्दै प्रश्न गरेका छन् । उनले भने, ‘किन शिक्षक र विद्यार्थीको अनुपात मिल्दैन ? तराईमा कतै एकसय जना विद्यार्थीका लागि एकजना शिक्षकको दरबन्दी हुन्छ ।

पहाडमा ४० विद्यार्थीका लागि एक जना शिक्षक हुन्छ । यो अनुपात कसले मिलाउने ? यो काम शिक्षा मन्त्रालयको होइन ? दोस्रो, विद्यालय व्यवस्थापन समिति किन खारेज नगर्ने ? व्यवस्थापन समितिले विद्यालय शिक्षाको गुणस्तर बढाउनमा के योगदान गरेको छ । आफ्ना आफन्त पोसेर लुट्ने काम मात्र गरेको छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।