काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन्।
मन्त्रिपरिषदको बैठक सोमबार नियमित बस्ने गरिए पनि हिजो प्रधानमन्त्री ओलीको व्यस्तताले बैठक आजका लागि सारिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठक आज साँझ ५ बजे बस्ने छ ।
आजको बैठकमा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बारेमा छ्लफल हुने बताइएको छ । कात्तिक ८ गते घिसिङले डेडिकेटेट टंक लाइनको महशुल नतिर्ने ३२ उद्योगको विद्युत काटेका थिए ।
आजको बैठकमा प्रधानमन्त्री ओलीको चीन भ्रमणका बारेमा पनि छलफल हुने जनाइएको छ।