काठमाडौं । रुपन्देही प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग आज पनि बयान लइदैछ ।
मंगलबार सुरु भएको बयान नसकिएकाले आज पनि उनीसँग बयान लीने जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
सहकारी ठगी, सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ परेका लामिछानेलाई मंगलबार दिउँसो पोखराबाट भैरहवा ल्याइएको थियो। प्रहरीले उनलाई विमानस्थलबाट सोझै सरकारी वकिलको कार्यालय वयानका लागि लगेको थियो।
बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको बचत रकम हिनामिना गरेको आरोपमा यस अघि जिल्ला अदालतले पक्राउअ पुर्जी जारी गरेको थियो ।