काठमाडौं । चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष भुवन केसीले पदभार ग्रहण गर्नु भएको छ ।
मन्त्रीपरिषदको बैठकले उनलाई बोर्डको अध्यक्षमा नियुक्त गरे संगै उनले आज चावहिलस्थित बोर्डको कार्यालयमा पुगेर पदभार ग्रहण गर्नु भएको हो ।

पदभार ग्रहण गरे पश्चात् अध्यक्ष केसीले नेपाली फिल्म क्षेत्रको समस्याबारे आफू नजिकबाट जानकार रहेको बताउदै चाँडै चलचित्रकर्मीलाई बोलाएर सुझाव संकलन गर्ने र सोहीअनुसार कार्यान्वयनतर्फ अघि बढ्ने आफ्नो योजना रहेको बताएका छन् ।