२०८१ जेष्ठ १४ | dainikmandu@gmail.com | कम्पनि दर्ता नं. २९८३६४/०७९/०८० | Nepali Unicode

काठमाडौं । इन्टरनेट नचलेको भन्दै इन्टरनेट सेवा प्रदायक कम्पनीविरुद्ध अदालतमा एक विद्यार्थीले मुद्दा दायर गरेका छन् । पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर ३२ घर भई बाराको जीतपुरबाट माध्यमिक तह पढेका विद्यार्थी जितेन्द्र यादवले सि.जी.नेटको केन्द्रीय कार्यालय, काठमाडौँविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेका हुन् । अहिले काठमाडौंमा अध्ययन गरि रहेका ऊनी विभिन्न तीनवटा कम्पनीका सूचना र त्रैमासिक विवरण अपलोड गर्ने, अद्यावधिक गर्ने जस्ता विभिन्न कामकाजमा आवद्ध छन् । त्यि कामहरुमा कामकाज पूर्ण रुपमा ठप्प भएका कारण उक्त कम्पनीहरूले क्षति बेहोर्न बाध्य भएको यादवले दायर गरेको फिराद पत्र (मुद्दा)मा उल्लेख छ ।मुलुकी देवानी संहिता २०७४ को दफा ६७२ बमोजिम इन्टरनेट सेवा प्रदायक कम्पनीले आफूलाई भएको क्षति बापतको रकम बहन गर्नुपर्ने प्रावधान रहेकाले सोही अनुसार १२० घण्टा इन्टरनेट नचलेर आफूलाई २ लाख ७५ हजार २ सय ८३ रुपैयाँको क्षति भएको निवेदकले दायर गरेको फिराद पत्रमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।