२०८१ जेष्ठ ९ | dainikmandu@gmail.com | कम्पनि दर्ता नं. २९८३६४/०७९/०८० | Nepali Unicode

जनकपुर । मधेस प्रदेश सरकारले तत्काल प्रहरी समायोजन गर्न सङ्घीय सरकारसँग आग्रह गरेको छ । मधेस प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले आज बिहान मन्त्रालयमा पत्रकार सम्मेलन गरी एकसाताभित्र प्रहरी समायोजन गर्न सङ्घीय सरकारसँग आग्रह गर्नुभयो ।

“हामीले पटक–पटक प्रहरी समायोजन गर्न केन्द्र सरकारसँग आग्रह गर्दै आएका छौँ”, उहाँले भन्नुभयो,“तर सङ्घीय सरकारले कुनै गम्भीरता देखाएको छैन्, एक सातासम्म पनि प्रहरी समायोजन नभए हामी बाध्य भएर सङ्घीयसरकार विरुद्ध सङ्घर्षमा उत्रिन्छौँ ।”

प्रहरी समायोजनका लागि सङ्घीय सरकारलाई दबाब दिन यही साउन २२ गते प्रदेश प्रमुखमार्फत सङ्घीय सरकारलाई ज्ञापनपत्र पठाउने मन्त्री साहको भनाइ थियो । प्रदेशका सबै राजनीतिक दल, प्रदेशसभाका सांसद, सरकारका प्रतिनिधि समेतले प्रदेश प्रमुखमार्फत् सरकारलाई ज्ञापनपत्र पठाउने जनाउँदै मन्त्री साहले ज्ञापनपत्र पश्चात पनि प्रहरी समायोजन नभए एक सातापछि चरणबद्ध आन्दोलनमा उत्रिने बताउनुभयो ।

केही साताअघि जनकपुरधाममा भएको सातै प्रदेशका गृहमन्त्रीको सामूहिक बैठकले तत्काल प्रहरी समायोजन गर्न आग्रह गरेको र मधेस प्रदेशका मुख्यमन्त्रीको नेतृत्वमा छुट्टै आग्रह गरेपनि सङ्घीय सरकार त्यसतर्फ ध्यान नदिएको गुनासो गर्नुहुँदै मन्त्री साहले संविधानले प्रदेश सरकारलाई दिएको अधिकारसमेत सङ्घीय सरकारले खोस्ने, अपव्याख्या गर्ने र आश्वासन मात्रै दिने गरेकोले बाध्य भएर प्रदेश सरकार सङ्घर्षमा उत्रिन लागेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।