२०८१ जेष्ठ ९ | dainikmandu@gmail.com | कम्पनि दर्ता नं. २९८३६४/०७९/०८० | Nepali Unicode

महोत्तरी । महोत्तरीमा डण्डी बोकेको ट्रकले ठक्कर दिँदा एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।

गौशाला नगरपालिका वडा नम्बर ४ स्थित सुर्तिविकास चौकमा डण्डी बोकेको ना.४ख.३३३९ नंको ट्रकले अनटेस्ट मोटरसाइकलमा सवार स्थानीय दिलीप सहनीलाई ठक्कर दिँदा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक रञ्जन मिश्रका बताए ।

बर्दिबासतिरबाट डण्डी बोकेर गौशालातिर आउँदै गरेको ट्रकले विपरीत दिशाबाट जाँदै गरेको दिलीपलाई सुर्तिविकास चोकको गोलम्बर नजिक ठक्कर दिँदा उनी गम्भीर घाइते भएकामा उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको भने उपचारकै क्रममा निजको मृत्यु भएको प्रहरी निरीक्षक मिश्रले बताए ।

मृतक दिलीपको शवपरीक्षणका लागि सोही अस्पतालमा राखिएको छ भने निजलाई ठक्कर दिने डण्डी बोकेको ट्रक र चालक इलाका प्रहरी कार्यालय गौशालाको नियन्त्रणमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।