२०८१ जेष्ठ ११ | dainikmandu@gmail.com | कम्पनि दर्ता नं. २९८३६४/०७९/०८० | Nepali Unicode
 BREAKING
जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ | राष्ट्रिय सभामा पनि कांग्रेसको अवरोध, बैठक स्थगित | धावनमार्गको पिच उप्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल करिब एक घण्टा बन्द | प्रहरीले आफ्नो दायित्वलाई कुशलतापूर्वक निर्वाह गर्दै आएको छ- प्रधानमन्त्री | प्रतिनिधिसभामा आज पनि कांग्रेसको अवरोध, बैठक स्थगित | राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता | सहकारी ठगि प्रकरण : कार्यदलमा जुटेन सहमति | सुनको मुल्य घट्यो, कतिमा हुदै छ कारोबार ? | कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई म्याद थप गर्न अदालत लगिँदै | बालेनले सरकारलाई सम्झाए बजेटमा राखेको कार्यक्रम: जेठ ११ गतेसम्म कार्यान्वयनको सुरसार छैन ! |

काठमाडौं। नेपाल एयरलाइन्सबाट मुम्बई जान लागेका शंकास्पद व्यक्ति सुन व्यवसायी रहेको पाइएको छ ।

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को उडान नं ४०१ विमानमार्फत भारतको मुम्बई उड्न लागेको विमानलाई प्रहरी ले होल्ड गरेको थियो । त्यस विमानमा सवार कैलालीको धनगढीका सन्तोषकुमार लामिछानेलाई पक्राउ गरिएको छ । उनको श्रीमति पनि सवारी रहेका थिए ।

जहाज उड्न लागेको बेलामा प्रहरीको विशेष ब्युरोले उनीहरुलाई पक्राउ गरेको हो । ढोका बन्द भएर उड्न लागेका बेला सबै यात्रु उतारेर प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।सुनचाँदी व्यवसायमा संलग्न अभियुक्त लामिछाने चोरीको घटनामा संलग्न भएको आरोप छ । अनुसन्धान चलिरहेका बेला भाग्न लागेको भन्ने खबर प्रहरीले पाएपछि निजलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । विमानमा चालकदलका सदस्यसहित १४१ सवार रहेका थिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार दिउँसो १ बजेर १० मिनेटको उडानबाट मुम्बई उड्न लागेका अभियुक्त लामिछानेलाई प्रहरीले नियन्त्रणमा लिएको हो । नेपाल एयरलाइन्सको उक्त जहाज दुई घण्टापछि अर्थात् दिउँसो ३ बजेर १० मिनेटमा मुम्बई उडेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।