२०८१ जेष्ठ ९ | dainikmandu@gmail.com | कम्पनि दर्ता नं. २९८३६४/०७९/०८० | Nepali Unicode
 BREAKING
सन्दीप लामिछानेलाई अमेरिकी दूतावासले दिएन भिसा | वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ | सहकारी बचतकर्ता अभियानद्वारा तेस्रो चरणको आन्दोलनको घोषणा | कैलाश सिरोहियालाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतबाट ३ दिन म्याद थप | पोखराको चक्रदेवी सहकारी संस्थामा तोडफोड, ९ जना पक्राउ | रास्वपाले भन्यो- कानुन भन्दामाथि कोही हुँदैन,अदालतको अनुमति लिएर पर्याप्त आधारसहित अनुसन्धान गरिनु प्रेस स्वतन्त्रताको हनन होइन | बारा, पर्साका दुई सय १२ उद्योगमा ‘स्मार्ट इनर्जी मिटर’ जडान | राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै | कैलाश सिरोहियासँग कुनै रिसइबी छैन- प्रधानमन्त्री | कांग्रेसको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक शुरु |

काठमाडौं । अविरल वर्षाले आएको पहिराले गएरातिदेखि डुम्रे–बेँसीसहर र बेँसीसहर चामे सडक पुनः अवरुद्ध भएको छ । डुम्रे बेँसीसहर सडकअन्तर्गत बेँसीसहर नगरपालिका–१ उदिपुरको देउराली डाँडा पहिरा र मस्र्याङ्दी गाउँपालिका–४ रामबजार पहिराले बेँसीसहर चामे सडक अवरुद्ध भएको हो ।

वैकल्पिक सडकका रुपमा रहेको नेपाली सेनाको ब्यारेक, रिठ्ठेबगर हुँदै उदिपुर बजार जोडिने यस सडक माथिबाट रिठ्ठेबगरमा ढुङ्गासहितको लेदो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताउनुभयो । उहाँका अनुसार पहिराले अवरुद्ध बनाएको सडक एक्साभेटरको माध्यमबाट खुलाउने कार्य भइरहेको छ । यही भदौ ११ गते र गत असारको पहिलो हप्ता आएको बाढीले सो सडकको देउरालीडाँडामा सडक बगाएको थियो । सडक अवरुद्धका कारण बेँसीसहरबाट काठमाडौँ, पोखरा, चितवन, गोरखा, तनहुँ जाने र सो स्थानबाट बेँसीसहर आउने यात्रुहरु बढी मारमा परेका छन् । यस सडक ४२ किलोमिटर दूरीको छ ।

त्यस्तै, लमजुङ मनाङ जोड्ने बेँसीसहर चामे सडकअन्तर्गत उक्त रामबजारमा पहिराले अवरुद्ध बनाएपछि सवारी साधन सञ्चालन हुन सकेको छैन । सडक माथिबाट ठूला ढुङ्गामाटा सहितको पहिरा खसेर सडक अवरुद्ध भइरहेको प्रहरीले जनाएको छ । यस सडक हुँदै विशेष गरी मनाङवासीहरु आवतजावत हुने गर्दछन् । तर उनीहरुलाई यसरी पटक पटक सडक अवरुद्ध हुँदा समस्या हुँदै आएको छ । यस सडक ६५ किलोमिटरको दूरीमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।