२०८१ जेष्ठ १४ | dainikmandu@gmail.com | कम्पनि दर्ता नं. २९८३६४/०७९/०८० | Nepali Unicode

काठमाडौं । बाराको निगजढ अन्तर्राष्ट्रिय विमानस्थलबारे सुझाव दिन विज्ञ समूह गठन भएको छ ।

सर्वोच्च अदालतले निजगढ विमानस्थल निर्माणमा यसअघिका सबै प्रक्रिया रद्द गरी विज्ञ समूहको सुझावका आधारमा अगाडि बढ्न सरकारलाई आदेश गरेको थियो । सोही अनुसार सरकारले विज्ञ समूह गठन गरेको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक वीरेन्द्र देउजाको संयोजकत्वमा एक महिना भित्र प्रतिवेदन पेश गर्ने बमोजिम विज्ञ समूह गठन भएको छ ।

उक्त विज्ञ समुहमा बातावरण, विकास, अर्थतन्त्र र हवाई क्षेत्रका विज्ञहरु समावेश रहेको प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।